नयाँ मन्त्रीको शपथ साँझ ५ बजे

प्रधानमन्त्री दाहालको सिफारिसमा सोमबार नयाँ मन्त्रीहरूले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सोमबार पुनर्गठन हुने भएको छ। 

प्रधानमन्त्री दाहालको सिफारिसमा सोमबार नयाँ मन्त्रीहरूले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार नयाँ मन्त्रीहरूको शपथ सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ। 

सोमबार शपथ लिने मन्त्रीहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेकपा (एमाले)का पदम गिरी रहेको बताइएको छ। उनीहरूको मन्त्रालय भने तोकिएको छैन।