अख्तियारले मुगुस्थित तन्दावाडा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्याएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुस्थित तन्दावाडा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्याएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारले जिल्ला प्राविधिक कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सिँचाइ आयोजना (सीआईपी)का इन्जिनियर महेशसिंह कठायतसहित १० जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सब-इन्जिनियर भीमबहादुर रोकाय, साबिकको कालै गाविसमा प्राविधिक पदमा कार्यरत रही सीआईपीमा खटिएका सर्जनबहादुर शाही, सोरु गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, कालै गाविसका सचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव बैदेवी शाही र कोषाध्यक्ष रूपा भनिने रत्न रूपा शाहीविरुद्ध पनि अख्तियारले आरोपपत्र दायर गरेको छ। सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत परामर्शदातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढाथापाविरुद्ध पनि मुद्दा दायर भएको छ।
उनीहरूले काम सम्पन्न नहुँदै गलत प्राविधिक मूल्यांकन प्रतिवेदन तयार गरी नभएको कामको समेत पहिलो, दोस्रो र अन्तिम रनिङ बिल प्रमाणित गरी उपभोक्ता समितिलाई वास्तविक कामको रकमभन्दा २६ लाख ८२ हजार रुपैयाँ बढी भुक्तानी दिएको अनुसन्धानका क्रममा पुष्टि भएको अख्तियारले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
