‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ।
काठमाडौँ– ‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ। आइतबार नयाँ बानेश्वरस्थित उमोजा कफीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
पुस्तकमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरू समेटिएका छन्। उनीहरूका लेखलाई रोहेज खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन्।
प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फासीवादी सत्ताको गठजोडसँग आममानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयवस्तु पुस्तकमा समेटिएको अनुवादक खतिवडाले बताए।
पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, लेखक नारायण वाग्ले लगायतको उपस्थिति थियो। इन्डिगो इनक प्रालिले बजारमा ल्याएको सो पुस्तकको मूल्य ४४९ रुपैयाँ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
