परिवार नियोजन संघले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम देखिएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए।
जाजरकोट– भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ।
भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा जाजरकोट, रुकुम पश्चिम र सल्यानका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको नेपाल परिवार नियोजन संघले जनाएको छ। संघका अनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ।
गत मंसिरदेखि माघसम्म परिवार नियोजन संघले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम देखिएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए।
उनका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुम पश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विपद्का समयमा पोसिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उनको भनाइ छ।
उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी दिए। उनका अनुसार सेवा लिनेमा पुरुष ९४४, महिला ६ हजार ३५५ महिला छन्।
संयोजक खनालले चार हजार १०९ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा १०६ जनामा क्यान्सरको शुरूआती अवस्था पत्ता लागेको जानकारी दिए। ५४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो। भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उनले बताए।
भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन संघले कार्यक्रम गरेको संयोजक खनालले बताए। कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुम पश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो।
प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ। उनका अनुसार जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ।
त्यस्तै, प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताए।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताए। “उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन्। खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो,” उनले भने।
बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए। आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
