नवनियुक्त मन्त्रीहरू अर्याल, तामाङ र गिरीलाई राष्ट्रपति पौडेलले शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहितको गठबन्धन तोड्दै बनाएको गठबन्धनमा समावेश दलका एक–एक जनालाई सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र नेकपा एमालेका पदम गिरीलाई मन्त्री नियुक्त गरे।
नवनियुक्त मन्त्रीहरू अर्याल, तामाङ र गिरीलाई राष्ट्रपति पौडेलले शीतलनिवासमा आयोजित समारोहमा सोमबार नै पद तथा गोपनीयताको शपथ गराए।
प्रधानमन्त्री दाहालले नवनियुक्त मन्त्रीहरूको कार्यभार भने तोकेका छैनन्। उनले सबै मन्त्रालयको कार्यभार आफू मताहत नै राखेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
