गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही  बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

बाँकी स्थानको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ।