सेफिल्ड युनाइटेडमाथि आर्सनलको फराकिलो जित

आर्सनल २७ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। समान खेलमा ६२ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो तथा ६३ अंक रहेको लिभरपुल शीर्षस्थानमा छ।

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा आर्सनलले सेफिल्ड युनाइटेडमाथि फराकिलो जित दर्ता गरेको छ। 

सोमबार राति भएको खेलमा शीर्ष होडमा रहेको आर्सनलसँग सेफिल्ड ६–० ले पराजित भएको हो। 

आर्सनलको जितमा मार्टिन ओडेगार्ड, मार्टिनेली, हाभार्ट्ज, डेक्लान राइस र बेन ह्वाइटले गोल गरे। एक गोल भने उपहार पाएको थियो। 

जितसँगै आर्सनल २७ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

समान खेलमा ६२ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो तथा ६३ अंक रहेको लिभरपुल शीर्षस्थानमा छ।