भरतपुर–७ स्थित माछापुच्छ्रे चोक नजिकै जेब्रा क्रसिङमा हिँडिरहेका नौ वर्षीय आरुष पौडेललाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।
भरतपुर– चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ।
नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
सोमबार राति भरतपुर–७ स्थित माछापुच्छ्रे चोक नजिकै जेब्रा क्रसिङमा हिँडिरहेका बालक पौडेललाई बसले ठक्कर दिएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।
घटनामा बसमा सवार भरतपुर–७ की २१ वर्षीया कोपिला राई घाइते भएकी छन्।
बसका चालक माडी नगरपालिका–८ का विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
