आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको छ। यसले सडक बन्द नभए पनि माथिल्लो मनाङ आवतजावतमा समस्या भएको छ।
मनाङ– मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ। ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ।
हिमपहिरोले सडक बन्द नभए पनि जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो। यसले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनको भनाइ छ।
“मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम शुरू भइसकेको छ। हिमपहिरोले जोखिम बढायो,” प्रजिअ लामिछानेले भने।
दैनिक रूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। “दैनिक पर्यटक आगमन बढ्न थालेको छ। तर भारी हिमपातसँगै आएको हिमपहिरोले जोखिम भने बढाएको छ। बाटो नै नछेकिए पनि जोखिम भने छ,” उनले भने, “सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ।”
समय सकिन लाग्दा आएको भारी हिमपातले पहिरो गएको छ। किसानलाई हिमपात उपयुक्त भए पनि यससँगै आएको विपद्ले भने सकस बनाएको छ। प्रजिअ लामिछानेले पनि यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको बताए।
हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उनको अनुरोध छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
