नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

काठमाडौँ– त्रिकोणात्मक टी२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन। लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्। 

नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अलआउट गरेको थियो।