उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ।
अमेरिका र दक्षिण कोरियाले शुरू गरेको ठूलो मात्राको सैन्य अभ्यासले महँगो मूल्य तिर्नुपर्ने उत्तर कोरियाले चेतावनी दिएको छ।
उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धाभ्यास’ तत्काल बन्द गर्न आग्रह गरेको छ। यसै वर्ष उत्तरले दक्षिण कोरियालाई आफ्नो प्रमुख शत्रु घोषणा गरेको छ।
साथै पुनर्मिलन तथा पहुँचका लागि समर्पित एजेन्सीलाई अलग गरेको छ।
अमेरिका र दक्षिण कोरियाले उत्तरबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ स्वरूप वार्षिक वसन्त सैन्य अभ्यास शुरू गरेको बताएका छन्।
दुवैले ‘फ्रिडम सिल्ड’ मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन्।
उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात प्रवक्ताले सोल र वासिङ्टनलाई ‘लापरबाहीपूर्ण’ र ‘उत्तेजित युद्धाभ्यास’ बन्द गर्न आग्रह गरे।
उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ।
यस्तै प्रकृतिको पछिल्लो संयुक्त सैन्य अभ्यासमा हतियार परीक्षण गरिएको थियो। सोलले आफ्नो सेना उत्तर कोरियाको उक्साहटका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
