उपाधि जित्न नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो। 

काठमाडौँ– त्रिकोणात्मक टी२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो। 

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिए।

कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै आउट भए।  कुशल भुर्तेलले १० बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।

कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रनको योगदान दिए। करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे। सोमपाल कामी ६ रनमा नटआउट रहे।

नेदरल्यान्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, माइकल लेभिट र स्याब्रान्ड एंगेलब्रेक्टले समान २–२ विकेट लिए।