सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ।
काठमाडौँ– सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ७०.३१ अंक घटेर २०७.६९ को विन्दुमा कायम भएको हो।
सोमबार एकैदिन परिसूचक ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो। उच्च अंकको वृद्धिपछि मंगलबार लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो।
मंगलबार ३०६ कम्पनीको एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३.२४ र फ्लोट इन्डेक्स ३.३७ प्रतिशतले घटेको छ। म्युचुअल फन्ड ०.६६ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४.३५ प्रतिशतले घटेको छ।
त्यस्तै, जलविद्युत् समूह ४.३० र उत्पादन तथा प्रशोधन चार दशमलव २० ले घटेको छ। बैंकिङ ३.०१, विकास बैंक ३.६५, वित्त २.७५, होटल तथा पर्यटन ३.६९ र लगानी समूह ३.४८ प्रतिशतले घटेको छ।
त्यसैगरी, जीवन बीमा समूह ३.४९, लघुवित्त १.२७, निर्जीवन बीमा समूह २.६० र व्यापार समूह २.१५ प्रतिशतले घटेको छ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८.७३ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ र बोटलर्स नेपाल (तराई) को शेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार ७३५ बराबरको आठ लाख ५० हजार ४६४ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
