अख्तियारले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको ३०० मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्याई काम गरेर राज्यलाई हानिनोक्सानी पुर्याएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय, सब–इन्जिनियर सरोजकुमार यादवविरुद्ध तीन लाख ४७ हजार बराबरको बिगो दाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनका अनुसार गुन्जा कन्स्ट्रक्सन, खडक नगरपालिका–८ सप्तरीका प्रोप्राइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि तीन लाख ४७ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।
मधुवापुरअन्तर्गत मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्र बाटो निर्माण गर्न उनीहरूले गुन्जा कन्स्ट्रक्सनका प्रोप्राइटर मण्डलसँग सडक निर्माणमा सम्झौता गरेभन्दा बढी कार्य गरेको भनी बढी प्राविधिक र अन्य मूल्यांकन गराई तीन लाख ४७ हजार रुपैयाँ बढी भुक्तानी दिलाएको अख्तियारले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
