राष्ट्र बैंकका एक उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेका निर्देशक थानेश्वर आचार्यले बैंक प्रशासनलाई स्पष्टीकरण पत्र बुझाएका छन्।
काठमाडौँ– राष्ट्र बैंकका एक उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि जिम्मेवारीबाट हटाएर अतिरिक्त समूहमा राखिएका बैंकका निर्देशक थानेश्वर आचार्यले स्पष्टीकरण पत्र बुझाएका छन्।
राष्ट्र बैंकले गत पुस २७ गते भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै उनीभन्दा माथिल्लो तहकी एक महिला कर्मचारीले गत माघ ८ गते गभर्नर महाप्रसाद अधिकारीसमक्ष लिखित उजुरी दिएकी थिइन्।
उनको उजुरीपछि राष्ट्र बैंकले आचार्यलाई जिम्मेवारीविहीन बनाउँदै लिखित स्पष्टीकरण सोधेको थियो। पहिलो पटकको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैंकले आचार्यलाई दोस्रो पटक २१ दिनको समयसीमा तोकेर पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। बैंकको व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाका निर्देशक आचार्यले समय सकिनुभन्दा दुई दिनअघि आइतबार बैंक समक्ष स्पष्टीकरण पेश गरेको गर्भनर अधिकारीले बताए।
“बैंकले २१ दिनको समय राखेर उहाँ (आचार्य) लाई स्पष्टीकरण सोधेको थियो,” गर्भनर अधिकारीले भने, “उहाँले आइतबार स्पष्टीकरणको जवाफ दिनुभएको छ। त्यसबारे थप अध्ययन भएपछि मात्रै कुनै निष्कर्ष निस्केला।”
पीडित महिला कर्मचारीले आफूमाथि दुर्व्यवहार गर्ने आचार्यलाई बैंकले कारबाही नगरेमा कानूनी उपचार खोज्ने बताएकी छन्। बैंकले आयोजना गरेको कार्यक्रममा आचार्यले मदिरा सेवन गरेर आफूलाई पछाडिबाट आएर अंगालो हालेको र त्यस घटनाले आफू मर्माहत भएको उनले बताउँदै आएकी छन्।
आचार्यको यस्तो हर्कतबारे सार्वजनिक गरौँ कि नगरौँ भनेर आफू एक सातासम्म तनावमा परेको पीडित महिलाले यसअघि उकालोसँग बताएकी थिइन्। घटनापछि बैंकका उच्च तहका कर्मचारीहरूसँग मिलेर आचार्यले उल्टै आफूविरुद्ध षड्यन्त्र गर्न थालेपछि बाध्य भएर उजुरी दिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
