सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् भने कर्णाली सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्।
काठमाडौँ– केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ। केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन बनेको छ। केन्द्रमा फेरिएको सत्ता समीकरणको असरले प्रदेशका मुख्यमन्त्रीहरूले मन्त्रीहरूलाई बर्खास्त गर्नेदेखि मन्त्रीहरूले आफैँ राजीनामा दिने क्रम देखिएको छ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पदमुक्त गरेको राससले उल्लेख गरेको छ।
पदमुक्त हुनेमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल छन्। मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री शाहले आफू मातहत राखेका छन्।
मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरिएको जानकारी दिए। “केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपरेको हो, प्रदेशको विकास र समृद्धिका लागि म सबै दलसँग वार्ता, संवाद सहमतिका लागि खुला छु,” उनले भने।
कर्णालीमा ३ मन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मंगलबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा बुझाउनुअघि आयोजना गरिएको पत्रकार सम्मेलनमा सिंहले मुलुकको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनर्गठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताए। “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनुपरेको छ,” उनले भने।
प्रदेश सरकारमा मन्त्रीका रूपमा १० महिना १५ दिन काम गरेका उनीहरूले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
