एक किशोरीको हत्या आरोपमा प्रहरीले बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।
विराटनगर– प्रहरीले मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार चौधरीलाई पक्राउ गरेको हो।
उनी बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले दाबी छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूबीच प्रेमसम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि घटना भएको पाइएको प्रहरीको भनाइ छ। पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पथरी शनिश्चरे गाउँपालिका-७, लामाटोलमा १५ वर्षीया ज्ञानकुमारी राईको सोमबार राति धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो। राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
खोटाङको ऐसेलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन्। स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्।
घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरिएको थियो। प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
