कपिलवस्तुबाट काठमाडौँ आइरहेको बस त्रिशूलीमा खस्यो, १३ जनाको उद्धार

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले १३ जनालाई उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ। 

काठमाडौँ– कपिलवस्तुबाट काठमाडौँ आइरहेको बस बुधबार बिहान त्रिशूलीमा खसेको छ।

बिहान पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका– ५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले १३ जनालाई उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ। 

यस्तै, दुर्घटनास्थलमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोलीसमेत खटिएको सशस्त्र प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।