अपडेट: धादिङ बस दुर्घटनामा ४ जनाको मृत्यु, ३३ भन्दा बढी घाइते

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी छ। 

तस्वीर: रासस

मलेखु– कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। 

बिहान भएको दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको धादिङका एसपी गौतम केसीले जानकारी दिए। उनका अनुसार बस पृथ्वीराजमार्गबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको छ।

दुर्घटनामा ३३ जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले  स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेका छन्। 

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी छ।