मकवानपुर- १ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डिना उपाध्याय र राप्रपा नेपालका कमल थापालाई हराउँदै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन्।
हेटौँडा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह निर्वाचित भएका छन्।
बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार सिंहले २७ हजार ८१६ मत प्राप्त गरेर निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महालक्ष्मी उपाध्याय 'डिना'लाई सिंहले २ हजार २८२ मतान्तरले पराजित गरे। डिनाले २५ हजार ४३४ मत ल्याइन्। त्यस्तै, नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचन लडेका राप्रपा नेपालका कमल थापा २५ हजार ४२० मतसहित तेस्रो भए।
प्रतिनिधिसभा सदस्य निर्वाचित सिंह वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको निर्वाचनमा एकीकृत समाजवादीकी मीना लामासँग पराजित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
