सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्न २० वटा घरटहरा र गोठको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो।
म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा घरटहरा हटाउन थालिएको छ।
सडक योजनाले सडक छेउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना हटाउन फागुन ११ गते १५ दिने सूचना जारी गरेको थियो। सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुझेर संरचना हटाउन थालेको सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए।
“स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति नबुझ्दा र संरचना नहटाउँदा बजारभित्र सडक विस्तार, नाली निर्माण हुन सकेको थिएन,” उनले भने, “प्राविधिक टोलीले संरचनाको पुनः मूल्यांकन गरेको क्षतिपूर्ति रकम बुझ्न तयार भई संरचना हटाउन थाल्नुभएको छ।”
सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा, गोठहरूको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो। गलेश्वरबाट तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि यहाँ ७०० मिटर सडक विस्तार तथा नाली निर्माण रोकिएको थियो।
स्थानीयवासीको मागअनुसार प्राविधिक टोलीले पुनः मूल्यांकन र क्षतिपूर्तिको रकम संशोधन गरिएको हो। दायाँ र बायाँतर्फ नाली हुने सडक १२.५ मिटर फराकिलो बनाउन संरचना भत्काउन लागिएको आयोजनाले जनाएको छ। राहुघाटबाट बेगखोला–तिप्ल्याङ–पोखरेबगर हुँदै भुरुङ तातोपानी खण्डमा पहिरो र नदी कटानको जोखिमयुक्त ठाउँबाहेक करिब १५ किलोमिटर दूरीमा कालोपत्र गर्न थालिएको छ।
योजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने १७८ वटा घरगोठ र टहराको करिब आठ करोड क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया थालेको थियो। सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्यांकन सकेर क्षतिपूर्ति वितरणको काम अझै जारी छ। म्याग्दीमा ८० र मुस्ताङका ९८ वटा घरटहरा र गोठ हटाउन क्षतिपूर्तिका लागि छनोट गरिएको थियो।
चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन २०७४ सालमा शुरू भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
