प्रतितोला १ लाख २३ हजार ५०० पुग्यो सुनको मूल्य

मंगलबार पनि उच्च मूल्यमा करोबार भएर रेकर्ड बनाएको सुन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख २३ हजार ५०० रुपैयाँ पुगेको छ।   

काठमाडौँ– नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। 

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार ५०० रुपैयाँ तोकिएको छ। मंगलबार पनि रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसको मूल्य अघिल्लो दिन एक लाख २२ हजार ४०० रुपैयाँ थियो।    

यता, चाँदीको मूल्य भने अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा घटेको छ। चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ४४० तोकिएको महासंघले जनाएको छ।