फुङ्लिङ–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ बस्तीमाथिको साम्लिङ खर्कमा उक्लेको छ। अब वैशाखे हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आधार शिविरसम्म पुग्नेछन्।
फुङ्लिङ– बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन्। जाडो छल्न र बारी मल्न भेडीगोठ बस्तीसम्म सारिएका थिए। भेडीगोठ गाउँबस्तीमा खेती गर्ने समय भएसँगै उकालो लाग्न थालेका हुन्।
बस्ती नजिक रहेका खाली चरन क्षेत्रमा अहिले अलैँची बगान विस्तार भएसँगै भेडीगोठ राख्न समस्या हुन्छ। दिनभर भेडाबाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने रुपेश लिम्बूको रात त्रिपालमुनि बित्ने गरेको छ। फक्ताङलुङ गाउँपालिका–४ पिपुथापका उहाँ कहिले हिमालको फेदी त कहिले बस्तीतिर भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ। आफ्नो पुर्ख्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ बसेका हुन्।
शहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वनजंगल, बुकी र खर्कमा भेटिन्छन्। उनले करिब ३०० भन्दा बढी भेडाबाख्रा पालेका छन्। हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ।
फुङ्लिङ नगरपालिका–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ बस्तीदेखि माथि साम्लिङ खर्कमा उक्लेको छ। गाउँदेखि उक्लेको भेडीगोठ अब वैशाखे हुँदै फक्ताङलुङ गाउँपालिकामा रहेको विश्वको अग्लो कञ्चजंघा हिमालको आधार शिविरसम्म पुग्नेछन्।
किसान लिम्बू करिब तीन महिनासम्म मिक्वाखोला–५ समुद्र सतहबाट चार हजार ५०० मिटरमा रहेका लोदेन क्षेत्रसम्म पुग्ने गर्छन्। फेम्बू गाउँको फेदी हुँदै बग्ने खोक्सेवा खोला किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ। घुम्ती गोठका भेडालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ।
“वैशाख–जेठसम्म्म अब पहाडका फाँट र जंगलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिर मात्रै हिमाली बुकीमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजान्छौँ,” उनले भने। पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको फक्ताङलुङ–६ का विशाल लिम्बूले बताए।
“पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आजभोलि त्यो परम्परागत पेसा हराएर जान थालेको छ,” उनले भने, “हाम्रो बाबुबाजे सबैले यहीँका भिरपाखामा पसिना बगाउनुभएको छ, जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ।”
शहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको लिम्बू बताउँछन्। लिम्बूसँग अहिले २०० वटा भेडा छन्। अहिले वार्षिक पाँचदेखि ६ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको छ। “भेडाको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन,” उनले भने।
दशैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्छन् भने देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको भेडापालक किसानको भनाइ छ। हिमाली बुकीमा पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ। भेडापालन पेसा अधिकांश समय वनजंगलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ।
जंगलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायत प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्ने भेडापालकको भनाइ छ। हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल हुने किसानको भनाइ छ। वन्यजन्तुको आक्रमणबाट बचाउन गोठमा भोटे प्रजातिका कुकुरसमेत बाल्ने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
