प्रधानमन्त्री जोडिएको घटनालाई लिएर राष्ट्रपति बोलुआर्टेसमेतको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै पेरुका विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भइरहेका छन्।
पेरुका प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि राजीनामा दिएका छन्।
लिमामा बुधबार पत्रकारहरूसँग कुरा गर्दै ओटारोलाले राष्ट्रपतिसँग आफूले राजीनामा बुझाएको बताए। ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन्। उनले यसअघि राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमासमेत काम गरेका थिए।
ओटारोलाले एक २५ बर्षीया युवतीलाई क्यानाडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए। यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न १४ हजार अमेरिकी डलरको दुई सम्झौता प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।
यद्दपी, ओटारोलाले पेरुको श्रम कानून उल्लंघन वा अन्य गलत काम गरेको आरोप भने अस्वीकार गरेका छन्। सन् २०२२ मा तत्कालीन वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोले कांग्रेसलाई भंग गर्ने र अवैध शासन गर्ने प्रयास गरेपछि ६१ वर्षीय बोलुआर्टे राष्ट्रपति भएका थिए।
प्रधानमन्त्रीको युवतीसँगको घटनालाई जोडेर राष्ट्रपति बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भएका छन्। सन् २०१८ को मार्चपछि अहिलेसम्म पेरुमा छ जना राष्ट्रपति भइसकेका छन्।
ह्युमन राइट्स वाचको एक अनुमानअनुसार सुरक्षा बलको कारबाहीमा अहिलेसम्म करिब ५० जनाको मृत्यु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
