गृहमा लामिछानेसहित रास्वपाबाट मन्त्रीको लागि ४ जनाको नाम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्‍मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्‍मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ।

सो पार्टीको बुधबार बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्रीमा पठाउने निर्णय भएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।