सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजार सम्हालिएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजार सम्हालिएको हो।
परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ अंकमा पुगेको छ। आज विभिन्न ३०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता शेयर ५८ हजार ९४० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार ३५७ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्युचुअल फन्डबाहेकको समूहको उपसूचक बढेको छ। डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोगजार लघुवित्त वित्त विकास बैंकको ८.७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.६७, गुर्खाज फाइनान्सको ८.०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतले बढेको छ।
धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९.७१ र ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१ को शेयर मूल्य ५.५४ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख ७८ हजार ८०७ बराबरको छ लाख ५७ हजार ७३९ कित्ता शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
