माओवादी केन्द्र, नेकपा एमाले र रास्वपाले मन्त्रीको नाम टुंगो लगाइसकेको छ भने जसपा र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
मन्त्रीहरूको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउने क्रम रहेकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सम्भवतः आजै अपरान्ह ५ बजे मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको बताइएको छ। तर सरकारका तर्फबाट शपथका सम्बन्धमा राष्ट्रपति कार्यालयमा आधिकारिक पत्र पुगिनसकेको बताइएको छ।
मन्त्री हुनेहरूमा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, उर्जामा शक्तिबहादुर बस्नेत, अर्थमा वर्षमान पुन र पर्यटनमा हितबहादुर तामाङको नाम टुंगो लागेको छ।
त्यस्तै, नेकपा एमालेले आठ जना मन्त्रीको टुंगो लगाएको छ। मन्त्री बन्नेमा केही नयाँबाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाएका पुरानै अनुहार रहेका छन्। एमालेबाट रघुवीर महासेठको नेतृत्वमा पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र राजेन्द्र राई मन्त्री बन्ने निश्चित भएको बैतडीका एमाले नेता दामोर भण्डारीले बताए। उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो दलबाट मन्त्री हुने चार जनाको नाम टुंगो लगाएको छ।
सो दलबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय भएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
