बुधबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको हो।
काठमाडाैँ– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नयाँ सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिए पनि एक पटक प्रधानमन्त्रीसँग छलफल गरेर मात्र अन्तिम निर्णय गर्ने भएको छ।
बुधबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीले सरकारमा सहभागी हुन केही शर्त अघि सारेको बताए। उनका अनुसार सरकारले देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, राष्ट्रियताको रक्षा र सम्वर्द्धन गर्न, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्न, महंगी नियन्त्रण लगायत जनताका समस्याहरूको समाधान गर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने भए मात्रै सरकारमा सहभागी हुने भएको हो।
उनले भने, "प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) समान सहमभागिता र भूमिका रहने प्रस्ताव गर्नुभएको सन्दर्भमा बैठकमा छलफल भयो। उक्त प्रस्तावलाई सकारात्मक रूपले लिँदै प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि आवश्यक निर्णय गरिन्छ।"
पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुनेबारे प्रधानमन्त्रीसहित गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
