ज्ञवालीले कांग्रेस जिम्मेवार पार्टीको रूपमा भन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोपसमेत लगाए।
काठमाडाैँ– नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गरेका छन्।
उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने कांग्रेसको प्रयास उचित नभएको पनि जिकिर गरे। सरकारबाट हट्न नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्ने काम कांग्रेसले गरिरहेको उल्लेख गर्दै त्यो सत्ताबाट अप्रत्याशित रूपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको उनको भनाइ छ।
बुधबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले कांग्रेस जिम्मेवार पार्टीको रूपमा भन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोपसमेत लगाए। कांग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले कांग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिएका छन्।
उनले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पारे। अब यो विकल्प पनि कम भएको र प्रणालीसमेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरूले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो।
उपमहासचिव ज्ञवालीले गएको १४ महिना कांग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
