प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ। कतिपय मन्त्री पुरानै दोहोरिएका छन् भने कतिपय हेरफेर भएका छन्।
दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएका छन्।
सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रहनेछन्। त्यस्तै, पदम गिरी कानून, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्ने छन् भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन्।
एकीकृत समाजवादीबाट भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढालाई शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। मन्त्रीहरूले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
