अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताएका छन्।
काठमाडौँ– नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन्। अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताएका छन्।
“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु। नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ। नयाँ आशा जगाउनका लागि पहल गर्नेछु। तर त्यो त्यति सहज छैन। विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ। नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने।
आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए। अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने पनि उनको भनाइ थियो।
विसं २०६४ मा संविधानसभा सदस्य बनेका पुन २०६७ मा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए। विसं २०६८ मा अर्थमन्त्री बने पनि उनले वार्षिक बजेट ल्याउन पाएनन्। उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए।
विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव बनेका नेता पुन हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को उपमहासचिव छन्। रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनी कानून संकायमा स्नातक हुन्। मन्त्री पुनको जन्म विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
