कोशी, गण्डकी र कर्णालीको उच्च पहाडमा हिमपातको सम्भावना

देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।