भूमध्यसागर पार गर्नु आप्रवासीका लागि सबैभन्दा घातक भएको छ। कुल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ। नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ।
सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा कम्तीमा आठ हजार ५६५ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार दशकअघि थालिएको रेकर्डपछि गत वर्ष सबैभन्दा घातक बनेको हो।
“सन् २०२३ मा मृत्यु हुनेको संख्या सन् २०२२ को तुलनामा २० प्रतिशतले वृद्धि भएको छ, यसले जीवनको थप क्षतिलाई रोक्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उजागर गर्छ,” आईओएमले भनेको छ।
गत वर्षको कूल संख्याले सन् २०१६ को रेकर्डलाई तोडेको छ। सन् २०१६ मा आप्रवासनका क्रममा आठ हजार ८४ जनाको मृत्यु भएको थियो। आईओएमका अनुसार सुरक्षित तथा नियमित बसाइँसराइ मार्ग सीमित भएकाले प्रत्येक वर्ष हजारौँ मानिस असुरक्षित परिस्थितिमा अनियमित मार्गबाट बसाइँसराइको प्रयास गर्छन्।
भूमध्यसागर पार गर्नु आप्रवासीका लागि सबैभन्दा घातक मार्ग भएको छ। यसमा गत वर्ष कम्तीमा तीन हजार १२९ जनाको मृत्यु र बेपत्ता रेकर्ड गरिएको छ। कुल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ। नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ।
आईओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट सन् २०१४ मा आप्रवासीको मृत्यु र बेपत्ताका बारेमा एउटा ओपन–एक्सेस डेटाबेसका रूपमा स्थापना गरिएको थियो। हालसम्म विश्वभरका ६३ हजार मामिलालाई दस्तावेजीकरण गरिएको छ। यद्यपि विशेष रूपमा दुर्गम स्थानमा तथ्यांक संग्रहमा चुनौतीका कारण वास्तविक आँकडा अत्यन्त धेरै अनुमान गरिएको छ।
“मिसिङ माइग्रेन्ट्स प्रोजेक्टको १० वर्ष पूरा गर्दैगर्दा हामी सबैभन्दा पहिला ती सबै ज्यान गुमाएकालाई स्मरण गर्छौं,” आईओएमका उपमहानिर्देशक उगोजी डेनियलले भने, “तिनीहरूमध्ये प्रत्येक एउटा भयानक मानवीय त्रासदी हो जुन आगामी वर्षमा परिवार र समुदायमा प्रतिध्वनित भइरहनेछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
