म्यानचेस्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम ८ मा

रियल मड्रिडले बुधबार राति जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा समग्रमा २–१ को नतिजाका साथ क्वार्टरफाइनलमा स्थान बनायो।

काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएका छन्। 

बुधबार रात भएको दोस्रो लेगको खेलमा सिटीले डेनमार्कको एफसी कोपनहेगनलाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो। 

सिटीको जितमा म्यानुएल अकांजी, जुलियन अल्भारेज र हालान्डले गोल गरे। कोपनहेगनका मोहम्मद इलुनोसीले गोल फर्काए। पहिलो लेगमा पनि ३–१ ले विजयी भएको सिटीले समग्रमा ६–२ को जित दर्ता गर्‍यो।

यसैगरी, अर्को खेलमा रियल मड्रिडले जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा समग्रमा २–१ को नतिजाका साथ क्वार्टरफाइनलमा स्थान बनायो। 

रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएको थियो। लाइप्जिगका विल ओर्वनले बराबरी गोल फर्काएका थिए। पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो।