कञ्चनजंघा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। बिस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन्।
फुङ्लिङ– कञ्चनजंघा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा तीन महिनामा ६५० बाह्य पर्यटकले भ्रमण गरेका छन्।
कचञ्चनजंघा क्षेत्रमा दुई याममा पर्यटक भम्रण गर्ने गर्छन्। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले असोज, कात्तिक र मंसिरसम्म ६५० जना बाह्य पर्यटकले भ्रमण गरेको बताए। त्यत्तिकै संख्यामा आन्तरिक पर्यटकले समेत कञ्चनजंघा क्षेत्रको अवलोकन गरेको भनिएता पनि आन्तरिक पर्यटकको तथ्यांक भने अहिलेसम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यालयले जनाएको छ।
यस क्षेत्रमा पर्यटकको आगमनले होटल व्यवसायी उत्साहित भएका छन्। दोस्रो याम चैत, वैशाख र जेठ महिनामा हुने पर्यटन व्यवसायीको भनाइ छ। अहिले दास्रो याम शुरू हुने समय भएको छ। यससँगै पर्यटकको चहलपहल पनि बढेको छ।
गत वर्ष ४३९ बाह्य पर्यटकले अवलोकन गरेका थिए। कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृङ्खला क्षेत्र बिस्तारै लयमा फर्किन थालेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए।
कञ्चनजंघा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। बिस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन्। कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ होटल सञ्चालनमा छन्।
समुद्र सतहबाट तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा छन्। पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल सञ्चालक उत्साहित भएको घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए। उनका अनुसार अहिले यो क्षेत्रमा चिसो छल्न बेँशी झरेका स्थानीय पनि गाउँ फर्किन थालेका छन्।
कञ्चनजंघा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदमार्ग प्रयोग हुँदै आएको छ। पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजंघा गाउँपालिका हुँदै पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्ने गर्छन्।
काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै पनि कञ्चनजंघा हिमालको आधार शिविर पुगिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
