एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको उपमहासचिव ज्ञवालीको भनाइ छ।
काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा नरहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको शुरूआतको रूपमा चित्रण गरिरहेका बेला ज्ञवालीले भने त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको उल्लेख गरेका हुन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्तसमेत प्रस्तुत गरे।
“हिजो हामीले बडो सदासहायतापूर्वक एकता गरेका थियौँ। अत्यन्त उत्साहित पनि थियौँ। तर टिकेन,” उनले भने, “त्यसैले विगतका पाठलाई हेर्दै तल उपयुक्त वातावरण नबनीकन माथिको जोडघटाउबाट बनेको एकता चाहिँ टिक्दो रहेनछ भन्ने देखिएको छ। अहिले हामी त्यसमा हतारिँदैनौँ।
उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए।
“वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनै पनि विषयमा छलफल गरिरहेका छैनौँ,” उनले भने, “अहिले चाहिँ एउटा वैकल्पिक सरकार बनाउने र सरकारको तहबाट डेलिभरी दिएर अहिले प्रणालीमा आइरहेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा हाम्रो सम्पूर्ण फोकस छ।”
एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको उपमहासचिव ज्ञवालीले दोहोर्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
