कांग्रेस संसदीय दलको बैठकले संसद्मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। साथै, आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।
काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपक्षीय ढंगले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले राजनीतिक बेइमानी गरेको बताएका हुन्।
बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमानदार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको उनको भनाइ थियो।
“गठबन्धन बन्दाका सहमतिलाई हामीले इमानदारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ। गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरूप नै अघि बढिरहेका थियौँ,” उनले भने, “तर प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो। त्यो राजनीतिक बेइमानी हो।”
बैठकले सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएको र सोबारे सभामुखलाई बिहीबार नै जानकारी गराउने लेखकले जानकारी दिए।
कांग्रेस अहिले समीकरण बदल्नभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिकामा देखिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
