उनले अहिलेसम्म ३४ हजार १२८ बर्गर खाइसकेका छन्। धेरै जंकफुड खाँदा स्वास्थ्यमा असर नपरोस् भनेर उनी दैनिक ६ माइल हिँड्छन्।
विश्व कीर्तिमानका पनि रोचक किस्सा हुन्छन्। यस्तै रोचक विषयमा विश्वकीर्तिमान कायम गरेका छन्, अमेरिकाका डोनाल्ड गोर्सकीले।
डोनाल्ड गोर्सकीले सबैभन्दा धेरै बर्गर खाने विश्व कीर्तिमान बनाएका हुन्। करिब ५२ वर्षदेखि बर्गर खाँदै आएका उनले अहिलेसम्म म्याकडोनाल्ड्सका ३४ हजार १२८ बर्गर खाइसकेका छन्। डोनाल्ड भन्छन्, "म सायद जीवनभर बर्गर खाइरहनेछु।"
अमेरिकाको विस्कन्सिनका निवासी डोनाल्ड गोर्सके सेवानिवृत्त जेल अधिकारी हुन्। डोनाल्डले सन् १९९९ मा यो कीर्तिमान बनाएका थिए। उनी फटकपटक आफ्नै कीर्तिमानलाई तोड्दै आएका छन्। डोनाल्ड गोर्सकेले आफ्नो जीवनकालमा सबैभन्दा धेरै बिग म्याक बर्गर खाने व्यक्तिको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन्।

डोनाल्डले यो कीर्तिमान करिब ५२ वर्षअघि १७ मे १९७२ मा बनाउन थालेका थिए। त्यस दिनदेखि, डोनाल्डले आफूले खाएको प्रत्येक बर्गरको रेकर्ड राख्न थाले। उनी बर्गरको प्याकेटलाई नफालेर कारभित्र सजाएर राख्थे।
उनले बताएअनुसार शुरूमा उनी हरेक दिन ९ वटा बर्गर खान्थे। पछि उनले यो संख्या घटाएर २ बनाए। डोनाल्डले एउटा खाजाका रूपमा र अर्को राति खानाकै रूपमा बर्गर लिने गर्छन्।
गिनिज वर्ल्ड रेकर्डले उनको कीर्तिमानीको बारेमा एउटा भिडियो नै साझा गरेको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार बर्गर खाएका खोस्टा तथा ससको प्याकेटलाई डोनाल्डले सुरक्षितसाथ राखेका छन्।

डोनाल्डले ३४ हजारभन्दा बढी बर्गर खाए पनि आफूलाई कहिल्यै स्वास्थ्य समस्या नभएको बताएका छन्। साथै उनी आफ्नो स्वास्थ्य सुरक्षाका लागि पनि सजग छन्। धेरै जंकफुड खाँदा स्वास्थ्यमा असर नपरोस् भनेर उनी दैनिक ६ माइल हिँड्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
