बिहीबार नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर २०३०.५५ को विन्दुमा पुगेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर २०३०.५५ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० अंकले उकालो लागेर ३६०.२७ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
कुल ८९ लाख २९ हजार १५२ कित्ता शेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार ८२० मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भयो।
शिवम् सिमेन्ट १६ करोड ४१ लाख २२ हजार ८६२, सोनापुर मिनरल्स १३ करोड ४१ लाख ४२ हजार ४८४, मैलुङ हाइड्रोपावर १३ करोड ३७ लाख ७४ हजार ३६१ र हाथवे इन्भेस्टमेन्टको नौ करोड ७९ लाख ५६ हजार ३५६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। चिर्खवा हाइड्रोपावर ८.९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ६ .०८, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ५.६४ प्रतिशतले कमाए। कारोबार भएकामध्ये बिहीबार १७६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ।
त्यस्तै, एनआईसी एशिया ग्रोथ फन्ड दोस्रो ६.२१, सामलिङ पावर कम्पनी ५.०२, बोटलर्स नेपाल तराई ४.३५, एनएमबी–५० ३.८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले ३.८५ प्रतिशतले गुमाए। बिहीबार कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ।
सोमबार उच्च अंकले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो। मंगलबार भने बजार पुनः उच्च अंकले नै ओरालो लागेको थियो। नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधबार पनि बजारले हरियो झन्डा देखाएको थियो। बिहीबार पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
