नेपाली युवाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ भने सयाैँको संख्यामा घाइते भएका छन्।
रुसी सेनामा भर्ती भएका भारतीय नागरिकले पनि ज्यान गुमाएका छन्। रुसी सेनामा कार्यरत हैदराबादका मोहम्मद अस्फानको मृत्यु भएको भारतको विदेश मन्त्रालयले पुष्टि गरेको छ। युक्रेनसँगकाे युद्धपछि रुसी सेनामा कार्यरत भारतीय नागरिकको मृत्यु भएको यो पहिलोपटक हो।
रुसमा रहेको भारतीय दूतावासले बुधबार सामाजिक सञ्जालमा लेखेको छ, "हामीले भारतीय नागरिक मोहम्मद अस्फानको दु:खद मृत्युको बारेमा थाहा पायौँ। हामी उनको परिवार र रुसी प्रशासनसँग सम्पर्कमा छौँ। उनको शव भारत पठाउने प्रयास गर्नेछौँ।"
We have learnt about the tragic death of an Indian national Shri Mohammed Asfan. We are in touch with the family and Russian authorities. Mission will make efforts to send his mortal remains to India.@MEAIndia
— India in Russia (@IndEmbMoscow) March 6, 2024
यसअघि २० जना भारतीय नागरिक रुसमा फसेको खबर आएको थियो। त्यहीबीच रुसी सेनामै भर्ती भएका एक जनाको मृत्युको खबर बाहिरिएको हो। फेब्रुखरी २९ मा रुसी सेनामा भर्ती भएका २० जना भारतीय नागरिक उद्धारको लाग मस्कोस्थित भारतीय दूतावास पुगेको खबर आएको थियो। त्यसको केही दिनमै मृत्युको खबर बाहिरिएको हो।
यो घटना बाहिरिएपछि भारतीय विदेश मन्त्रालयले रुस सरकारसँग वार्ता भइरहेको र ती व्यक्तिलाई फिर्ता ल्याउने प्रयास गरिरहेको जनाएको छ। असदुद्दीन ओवैसीको पार्टी एआईएमआईएमले पनि सामाजिक सञ्जालमा मोहम्मद अस्फानको निधनप्रति दुःख व्यक्त गर्दै उनको शव भारत ल्याउनको लागि विदेश मन्त्रालयले विशेष उडानको व्यवस्था गरिदिन आग्रह गरेको छ।
ओवैसीले फेब्रुअरी २१ मै धेरै भारतीय युवा रुसी सेनामा भर्ती भएका बताएका थिए। रुस युक्रेन युद्धमा भर्ती भएका भारतीय युवाका परिवारले उनलाई भेटेरै उद्धारको लागि आग्रह गरेको उनले बताएका थिए। ओवैसीले त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरलाई रुसी सरकारसँग वार्ता गरी युवालाई स्वदेश फर्काउन अपिल गरेका थिए।
ओवैसीले भारतबाट मानिसहरूलाई दुई समूहमा रुस पठाइएको दाबी गरेका छन्। बाबा भ्लग युट्युब च्यानल चलाउने फैसल खान लगायत एजेन्टले भारतीयलाई रुसी सेनाको हेल्परको काममा लगाउने भन्दै भर्ती गरेको बताइएको छ। कति भारतीय नागरिक रुसी सेनामा भर्ती भएका छन् भन्नेबारे भने यकिन हुन नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सयौँको संख्यामा नेपाली युवाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ। यस्तै, ११६ जना घाइते तथा २७२ जना बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा आएका छैनन्। ६३० भन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत रहेको हुनसक्ने अनुमान गरिएको छ।
पीडित परिवारले रुसी सेनामा भर्ती भएका आफ्नो परिवारका सदस्यलाई उद्धार गर्न सरकारसँग पटकपटक आग्रह गर्दा पनि अहिलेसम्म उद्धारको प्रक्रिया अगाडि बढ्न सकेको छैन। यस्तै त्यहाँ ज्यान गुमाएकाहरूको शव पनि सरकारले स्वदेशमा झिकाउन नसक्दा पीडित परिवार झन् समस्यामा परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
