काठमाडौँ– अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा काठमाडौँ लेडी जेसिजलेउकालोकर्मी दिपा दाहाललाई सम्मान गरेको छ।
शुक्रबार ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस परेकोमा त्यसको अघिल्लो दिन बिहीबार लेडी जेसिजले थापाथलीस्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार दाहाललाई सम्मान गरेको हो।
दाहाल सुर्खेतको भेरी एफएम, जागरण एफएम, काठमाडौँ आएपछि रेडियो कान्तिपुर, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, देशसञ्चाड्टकम हुँदै हाल उकालोड्टकममा वरिष्ठ संवाददाताका रूपमा कार्यरत छन्।
डेढ दशक पत्रकारितामा सक्रिय दाहाललाई महिला, बालबालिकालगायत सामाजिक मुद्दाहरूमा निरन्तर सत्यतथ्य समाचार प्रस्तुत गरेर पीडितलाई न्यायको पहुँचमा पुर्याउन भूमिका खेलेको भन्दै काठमाडौँ जेसिसले सम्मान गरेको हो।
सम्मानपछि दाहालले काठमाडौँ लेडी जेसिसको सम्मानले आफूलाई थप हौसला मिलेको बताइन्। “पत्रकारिता पेशा निकै चुनौतीपूर्ण बन्दै गएको छ। यद्यपि यो क्षेत्रमा लागिरहन मैले प्रण गरेको छु। यही बेला काठमाडौँ लेडी जेसिसले सम्मान गर्दा मलाई थप प्रेरणा मिलेको छ,” उनले भनिन्।
काठमाडौँ जेसिसले दाहालसँगै मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मिनादेवी राई, क्रिकेटर अश्मिना कर्मचार्य, साझा यातायातका चालक हर्मिता श्रेष्ठ र स्वास्थ्यकर्मी मनीषा सिम्खडालाई पनि आफ्नो क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर रबिन पोख्रेलले जेसीजमार्फत समाजका हरेक क्षेत्रमा योगदान पुर्याएका प्रतिभाको उचित मूल्याकंन गरी सम्मान गर्दा सम्मानित व्यक्तित्वलाई अझ थप प्रेरणा मिल्ने बताए ।
काठमाडौँ लेडी जेसीजका शाखा अध्यक्ष जेसि स्तुति बुढाथोकीले समाज र राष्ट्रका लागि ऐतिहासिक र साहसिक कार्य गरी विभिन्न पेसा व्यवसायमा आफ्नो योगदान पुर्याएका तर ओझेलमा परेका महिलालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्।
कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘ग’का तालिम आयुक्त जेसीआई सिनेटर हरिकृष्ण दाहाल, पूर्वअध्यक्ष, राष्ट्रिय मनोनीत पदाधिकारी, अन्य शाखाका शाखा अध्यक्ष, पदाधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
