बेलायतको रोजगारीको प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
काठमाडौँ– बेलायतको रोजगारीको प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारीकी ३४ वर्षीया लक्ष्मी लिम्बू रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
रविन सैजुसमेत चार जनालाई केयर गिभरको काममा बेलायत पठाउने भन्दै उनीहरूबाट लाखौँ रकम उठाएर अभियुक्त सम्पर्कविहीन भएकी थिइन्। उनले केयर गिभरको काममा चार लाख २० हजार रुपैयाँ तलब हुने र त्यहाँ जानका लागि २३ लाख रुपैयाँ खर्च लाग्ने बताउने गरेकी थिइन्। पटकपटक गरी चारै जना पीडितबाट २९ लाख ८८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनलाई बुधबार ललितपुरबाट पक्राउ गरी अहिले थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।
नेपालबाट नर्सलाई बेलायतको रोजगारीमा पठाउनको लागि अघिल्लो वर्ष दुई देशका सरकारबीच सम्झाैता भएको थियो। पहिलो चरणमा १०० नर्सहरू पठाउने भनिए पनि आवेदन परेकामध्ये मापदण्ड पूरा गरेर परीक्षा उत्तीर्ण गरेका ४५ नर्स मात्र गत मंसिरमा बेलायत जानका लागि छानिएका थिए।
यस सरकारी प्रक्रियाबाट बेलायत जान कुनै खर्च लाग्दैन। तर त्यसको लागि सरकारले तोकेको प्रक्रिया पूरा गर्नुपर्छ। परीक्षामा उत्तीर्ण भएकाहरू मात्र त्यसरी नर्सको रूपमा जान पाउँछन्। उनीहरूले मासिक चार लाख रुपैयाँ कमाउँछन्। तर पछिल्लो समय युरोपेली देशको प्रलोभन देखाउँदै ठगी धन्दा मौलाइरहेको छ।
सबै कुरा थाहा पाएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परेर पैसा नदिन विभागले पटकपटक आग्रह गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
