धादिङको घाटबेँसी बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ। योसँगै मृतकको संख्या नौ पुगेको छ।
धादिङ– गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ। योसहित दुर्घटनामा मृतकको संख्या नौ पुगेको छ।
बिहीबार स्याङ्जाको वालिङ नगरपालिका–९ का बिराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव फेला परेको हो।
कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले गैरेको शव दुर्घटनास्थलभन्दा करिब २०० मिटर तल भेटिएको जनाए। त्यस्तै, सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको उनको भनाइ छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो।
बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए। करिब ५० जना सवार बस पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसे डुबेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
