पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी , बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
काठमाडौँ– नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी , बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
यसैगरी राति, पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।
हिमपातका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
