धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित, कांग्रेसका सुनिल थापा पराजित

धनकुटामा नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन्।

धनकुटा– धनकुटाबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार  विजयी भएका छन्। प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका हुन्।

राईले ३० हजार १०१ र नेपाली कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्याए। तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार ९२६ मत ल्याएर तेस्रो स्थानमा रहे।

त्यस्तै, प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अर्जुन राईले १० हजार २२६ मत प्राप्त गरे।

प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली विजयी भए। पराजुली १५ हजार ७९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कुसुमकुमारी श्रेष्ठले ११ हजार २३० मत प्राप्त गरिन्।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१) मा चार र प्रदेश (२) मा सात उम्मेदवार  प्रतिस्पर्धामा थिए। कूल एक लाख १६ हजार ९९१ मतदाता रहेको धनकुटामा ६९ हजार ४९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।