सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव वैकुण्ठ अर्याललाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
राजीनामा दिएर अनुसन्धानलाई मार्ग प्रशस्त नगरे अर्याललाई बर्खास्त गर्ने प्रधानमन्त्री दाहालको तयारी छ। “प्रधानमन्त्रीले एक हप्ता अघि नै राजीनामा दिन भन्नुभएको थियो। प्रधानमन्त्रीको आग्रहपछि दुई दिन कार्यालय आउनुभएन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो, “उहाँको अब धेरै छैन। एक दुई दिनमै फाइनल हुन्छ।”
सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठप्रसाद अर्यालविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।
अख्तियार स्रोतका अनुसार सम्पूर्ण तयारी सकेर मुद्दा चलाउने तयारीका साथ फायल तयार गरिएको छ। तर, मुख्यसचिव अर्याल छिट्टै नै पदबाट मुक्त हुने सन्देश पाएपछि अख्तियारले पर्खेको हो।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार सरकार परिवर्तन भएका कारण नै मुख्य सचिवको कार्यकाल लम्बिएको हो। “यसबीचमा सरकार पुनर्गठन/यताउति भयो। त्यहाँ मुख्यसचिव चाहिन्छ। उहाँले नै काम गर्नुभएको छ,” प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य भन्छन् “अहिले त केही छैन।”
मुख्यसचिव वैकुण्ठ अर्याल भने अख्तियारले अनुसन्धान गरेको विषयमा प्रस्ट पार्न जानु सामान्य विषय भएको तर राजीनामाको विषयमा कुराकानी नभएको बताउँछन्।
“पत्रिकाबाजी किन धेरै भइरहेको छ। मलाई थाहा छैन। अख्तियारमा उजुरी पर्छ। अख्तियारमा बयान दिन जाने भनेको निर्णय प्रक्रियामा सामेल छ भने स्पस्टीकरणका लागि जाने हो। सचिवको हैसियतले धेरै ठाउँमा काम गरेको छु। त्यो आउँछ, त्यो आएपछि धेरै ठाउँमा स्पष्ट पार्न गएको हो,” अर्यालले भने “यो केश पनि त्यही हो। यसभन्दा अघि नेसनल पेमेन्ट गेटवेको केशमा पनि बयानका लागि गएको थिएँ।”
यता, अर्यालको राजीनामापछि कसलाई मुख्यसचिव बनाउने भन्ने निर्क्यौलमा प्रधानमन्त्री दाहाल पुगिसेका छैनन्। मुख्यसचिव अर्यालपछि सचिवमध्ये वरिष्ठताका आधारमा देवकुमारी गुरागाईं, केवल भण्डारी, सुरेश अधिकारी, तोयनारायण ज्ञवाली, तोयम राय, रामकृष्ण सुवेदी र दिनेश भट्टराई रहेका छन्।
यीमध्ये गुरागाईंको पदावधि बिहीबार सकिएको छ। अब बरीयताका क्रममा केवल भण्डारी एक नम्बरमा छन्, त्यसपछि सुरेश अधिकारी छन्। अधिकारी र भण्डारीको पदावधि चैत १० मा सकिँदै छ।
सरकारको नेतृत्वकर्ता दल माओवादीभित्र भने अहिले सञ्चार सचिव रहेका रामकृष्ण सुवेदीलाई मुख्यसचिव बनाउनुपर्ने लबिइङ चलेको छ।
तर, वरिष्ठताको आधारमा तल रहेका व्यक्तिलाई एकै पटक मुख्यसचिव बनाउँदा कर्मचारी प्रशासनको मनोबल खस्किने र काम गर्न गाह्रो हुने भएकाले त्यसो गर्न नहुने अर्को थरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
