प्रहरीले सिर्सिया नदी छेउस्थित समसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर आमाबुवालाई पक्राउ गरेको छ।
वीरगन्ज– पर्सा प्रहरीले छोराको हत्या गरेको आशंकामा आमाबुवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित समसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर आमाबुवालाई पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि शम्भुलाई र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ।
बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा शव गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
