बदाम बेचेर कमाएको रकमले पाण्डेय दम्पतीले घरखर्च चलाउने गरेका छन्।
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयलाई झलारी बजारको सडक छेउ ठेलामा बदाम बेच्दै आएको एक दशक बित्नै लागेको छ। बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ। बिहानै झिसमिसेमै पैदल हिँड्दै पाण्डेय खाना घरबाट बोक्दै झलारी बजार पुग्छन्। ठेलामा बदाम राखेर बेच्छन्।
“सडक छेउमा बनाएको चुलोमा बदाम भुट्ने गर्छु,” उनले भने, “श्रीमतीले बदाम बिक्री गर्छिन्।” दैनिक २० किलोदेखि ४० किलोसम्म बदाम बिक्री हुने गरेको उनको भनाइ छ। पाण्डेय दम्पतीले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी गर्दछन्।
महँगो भएपछि बदाम बिक्री घटेको पाण्डेय दम्पतीको भनाइ छ। प्रतिकिलो २०० रुपैयाँका दरले खरिद गरेको बदाम ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ। हिउँदमा बदाम बढी बिक्री हुने गरेको छ ।
यस व्यवसायबाट कमाएको रकमले पाण्डेय दम्पतीले घरखर्च चलाउने गरेका छन्। “ठेलाकै कमाइले घर बनाएँ, परिवारवारको खर्च धानेको छु,” उनले भने, “अरूसँग हात थाप्नुपरेको छैन, पौरख गरेर जीविका चलाउँदै आएका छौँ।”
विसं २०६८ मा सहकारी संस्थाबाट २० हजार रुपैयाँ कर्जा लिएर पाण्डेयले ठेला व्यवसाय शुरू गरेका हुन्। व्यवसाय सञ्चालन गरेको एक वर्षमै सहकारीबाट लिएको कर्जा तिरेर उनले नाफा भएको रकम लगानी गरी व्यवसायलाई निरन्तरता दिएका हुन्। हिउँद सकिएपछि पाण्डेय दम्पतीले ठेलामा फलफूल बेच्ने गर्छन्।
फलफूलका धेरै पसल भएकाले प्रतिस्पर्धा बढी हुने गरेको पाण्डेय दम्पतीको भनाइ छ। “थोरै लगानी गरेर सञ्चालन गरेको व्यवसायबाट पनि जीविका चलाउन सकिने रहेछ,” पाण्डेय दम्पती भन्छन्। नगरपालिकाले व्यवसाय गर्ने ठाउँ किटान गरिदनुपर्ने उनीहरूको माग छ। पछिल्लो समय झलारी बजार क्षेत्रमा ठेलामा व्यवसाय गर्नेको संख्या बढ्दै गएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
