अनवरले स्थानीय समयानुसार साँझ ५ बजे राजाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
मलेसियाका सुधारवादी नेता ७५ वर्षीय अनवर इब्राहिम प्रधानमन्त्रीमा नियुक्त भएका छन्। मलेसियाका राजा सुल्तान अब्दुल्लाहले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
“महामहिम मलेय शासकको विचारधारालाई ध्यानमा राख्दै, महामहीमज्यूद्वारा अनवर इब्राहिमलाई मलेसियाको दशौँ प्रधानमन्त्रीका रूपमा नियुक्त गर्ने निर्देशन भएको छ”, मलेसियाको राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अनवरले स्थानीय समयानुसार साँझ ५ बजे राजाबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। आम निर्वाचनपछि जारी राजनीतिक गतिरोध अन्त्यका लागि राजाले नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।
त्रिशंकु संसद्का कारण मलेसियामा राजनीतिक किचलो बढेको थियो। चुनावबाट पूर्व प्रधानमन्त्री महयिद्दीन यासिन र अनवर कसैले पनि सरकार बनाउन आवश्यक बहुमत ल्याउन नसकेपछि संसद् त्रिशंकु बनेको थियो। घटनाक्रमपछि राजनीतिक गाँठो फुकाउन सकस परेका बेला अनवर प्रधानमन्त्री नियुक्त भएका हुन्।
पकातन हारापन (पीएच) पार्टीले गत शनिबार सम्पन्न आम निर्वाचनमा सबैभन्दा बढी सिट ल्याएको थियो। तर त्यो एकल सरकार गठनका लागि पर्याप्त थिएन।
त्यसपछि सरकार गठनका लागि विभिन्न पार्टीबीच छलफल भए पनि सहमति जुट्न सकेको थिएन। अधिकांश राजनीतिक नेताको पार्टीगत र व्यक्तिगत विचारधारा फरकफरक भएकाले पनि आवश्यक बहुमत सहमति जुट्न नसकेको हो। अब अनवर नै नयाँ प्रधानमन्त्री बनेपछि उनको नेतृत्वमा बन्ने सरकारले कुन पार्टीलाई गठबन्धनमा लिन्छन् त्यो भने यकिन छैन।
यसअघि अनवर सन् १९९० मा तत्कालीन प्रधानमन्त्री महाथीर मोहम्मदमा पालामा उपराष्ट्रपति थिए। उनले महाथीरलाई विस्थापित गर्ने अपेक्षा थियो। तर दुईवटा यौन अपराधका आरोपसँगै उनी पछि हट्नु परेको थियो। राजनीतिक प्रतिशोधका कारण आफूमाथि आरोप लगाइएको अनवरको भनाइ थियो।
पछि अर्का प्रधानमन्त्री नजीव रजाक भ्रष्टाचार र सरकारी सम्पत्तिको अपचलन मुद्दाका कारण विवादमा आए। यस्तै, अनवरसँग सम्बन्ध सुधार गर्दै नेता महाथीरले राजनीतिबाट अवकाश लिए। र दुवै मिलेर सत्तारुढ पार्टीलाई हराउन पहिलो पटक हराउन सहयोगी बने।
परिमाणस्वरुप राजाले अनवरलाई माफीसमेत दिए। त्यतिबेला ९० वर्षको उमेरमा रहेका महाथीरले प्रधानमन्त्री पद अनवरलाई दिने सम्झौता पनि भयो तर सन् २०२० मा यो योजना पनि विफल भयो।
कोरोना महामारीपछिको आर्थिक संकट समाधान र कट्टर विरोधी राजनीतिक पार्टीसँगको सहकार्य दुवै अनवरका लागि चुनौतीपूर्ण छन्।
विरोधी पार्टी पेरिकाता नेशनलमा रुढीवादी मुस्लिम पार्टी (पीएस)को दबदबा छ। यसले धार्मिक कट्टरलाई प्रश्रय दिने भएको सरकार असहिष्णु बन्ने जोखिम रहने अन्य मले बाहेकका पार्टीहरूको धारणा छ। तर अनवरको लक्ष्य समावेशी र फरक विचारधारालाई एकै स्थानमा ल्याउनु हो। मलेसिया समावेशी रूपमा बनेर अघि बढ्नु कठिन छ। त्यसैले नयाँ सरकारले विभिन्न चुनौतीको सामना गर्नुपर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
