नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आठवर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ।
कुल आठ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन या दिनसमेत पाइनेछ। ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ।
बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन्।
यही फागुन २९ गते अपराह्न बोलकबोल हुने छ। ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याज कर समेत लाग्नेछ।
ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक बराबर खरिद गर्न सकिनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी या अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
